जेठ ०४, २०८१, शुक्रबार
               

बुधबार धितोपत्र बजार नेप्सेमा सामान्य वृद्धि

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । धितोपत्र बजारमा बुधबार शेयर कारोबारमापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से १.५१ अङ्कले बढेर एक हजार ४२५.३२ मा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले बढेर २९७.२९ मा पुगेको छ । 

स्टकका अनुसार बुधबार कुल १८८ कम्पनीका ३० लाख ३२ हजार ३११ कित्ता शेयर  ९५ करोड १९ लाख ६० हजार २०८ मा खरिदबिक्री भएका छन् । 

बुधबार कारोबार भएका कुल १२ मध्ये ६ उपसमूहको शेयर बढेको छ भने ६ उपसमूहको शेयर ओरालो लागेको छ । 
 
बैंकिङ ३.८१ अङ्कले बढ्दा होटल ०.७४, निर्जीवन बीमा ३९.०८, उत्पादन ०.३१, जीवन बीमा ६.७७ र सामूहिक लगानी कोष ०.०९ अङ्कले बढेको छ । 

यस्तै व्यापार ४.९३ अङ्कले घट्दा विकास बैंक १०.८३, जलविद्युत् ३.३४, वित्त ४.४२, अन्य १.५१ र लघुवित्तको शेयर ६.७४ अङ्कले घटेको छ कारोबार रकमका आधारमा आज युनाइटेड इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । 

यस्तै नेपाल पुनर्बीमा कम्पनीको ६ करोड तीन लाख ८१ कजार ४४४ खरिद बिक्री भई शीर्ष स्थानमा रह्यो ।  बुधबार सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.८९ प्रतिशतले कमाए ।

युनियन हाइड्रोपावरका शेयरधनीले ६.४५ प्रतिशतले गुमाए । 


कस्तो लाग्यो ?

यो पनि