असोज ०५, २०८१, शनिबार
               

सुनको मूल्यमा ऐतिहासिक गिरावट, कति घट्यो मूल्य ?

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । सुनको भाउ एकैदिन भारी मूल्यले घटेको छ । 

हिजो (मंगलबार) को तुलनामा तोलामा ६ हजार रुपैयाँले सुनको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँ थियो । तर बुधबार सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ ।

महासंघका अनुसार, सुनको मूल्यमा एकैदिन ६ हजार रुपैयाँ घटेको यो पहिलो पटक हो ।

आज तेजाबी सुनको कारोबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ ।


कस्तो लाग्यो ?

यो पनि