कात्तिक ३०, २०८१, शुक्रबार
               

तनहुँमा पहिरोबाट ज्यान गुमाउँनेको परिवारलाई आर्थिक रकम राहत

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–६ बेलौतेमा गत असार २९ गते पहिरोले घर भत्किएर ज्यान गुमाएकी १५ वर्षीया लक्ष्मी विकको परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत वितरण गरेको छ । पीडित परिवारलाई यस अगाडि संघीय सरकारका तर्फबाट एक लाख रुपैयाँ प्रदान गरिसकिएको छ ।

सरकारले पहिराबाट ज्यान गुमाउने एकै परिवारका एक जनालाई  दुई लाख र थप मृतक भएमा प्रतिमृतक एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने कार्यविधि पारित गरेपछि जिल्ला प्रशासन कार्यालयले पीडित परिवारलाई मङ्गलबार थप एक लाख रुपैयाँ प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

उक्त रकम संघीय सांसद केदार सिग्देलले मृतककी आमा सनसरीलाई हस्तान्तरण गरे । जिल्लामा असार २९ र साउन ५ गतेको पहिरामा पुरिएर १३ जनाको मृत्यु भएको छ । ती सबै मृतकका परिवारलाई संघीय सरकारका तर्फबाट प्रतिमृतक एक लाखका दरले र गण्डकी प्रदेश सरकारका तर्फबाट ५० हजार रुपैयाँका दरले रकम प्रदान गरिसकिएको छ । संघीय सरकारका तर्फबाट प्राप्त हुने थप रकम भने वितरणको प्रक्रियामा रहेको प्रजिअ आचार्यले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि