काठमाडौं । अवैध रुपमा आयात गर्दै गरिएको कपडा बरामद भएको छ ।
सशस्त्र प्रहरीले भारतबाट अवैधरूपमा ल्याउँदै गरेको दुई लाख मूल्यबराबरको कपडा बरामद गरेको हो ।
सो कपडा कञ्चनपुरको पुनर्वास नगरपालिका–४ बाट शनिबार बरामद गरिएको बताइएको छ ।
भारतीय बजार बसहीबाट अवैध रूपमा ल्याउँदै गरेको कपडा अमतालनजिकको जमुनाघारीबाट सशस्त्र प्रहरीले बरामद गरेको बताइएको छ ।
सशस्त्र प्रहरी बल बिओपीका अनुसार दुई साइकलमा राजश्व छलेर भारतबाट ल्याउँदै गरेको अवस्थामा कपडा बरामद गरिएको हो ।
सशस्त्र प्रहरीको टोली देखेपछि तस्करहरु भने साइकलसहित कपडा छाडेर फरार भएका बताइएको छ । सो क्षेत्रबाट यसअघि पनि सशस्त्र र जनपद प्रहरीले अवैध समान बरामद गर्दै आएको थियो ।