
काठमाडौं । साताको दोस्रो दिन आज कारोबार भएको दोस्रो घण्टामा नेप्से १ दशमलव शून्य ३ अंकले वद्धि भएको छ ।
१ हजार ३९५ दशमलव शून्य ८ विन्दुबाट शुरु भएको नेप्से कारोबारको भएको दोस्रो घण्टामा नै शून्य दशमलव शून्य ७ प्रतिशत बढेर १ हजार ३९७ दशमलव ३० विन्दुमा पुगेको छ ।
यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचक मध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ ।
१८२ ओटा कम्पनीको ५० करोड ६५ लाख बराबरको शेयर कारोबार गरेका थिए ।