जेठ ०४, २०८१, शुक्रबार
               

एनआरएन इन्फ्रास्टक्चरको आइपीओमा मागभन्दा साढे २ गुणा बढी आवेदन

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं  । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आइपीओमा लगानीकर्ताले आइतबारसम्म मागभन्दा साढे २ गुणाले आवेदन दिएका छन् ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्म ७५ लाख ३२ हजार ४८० कित्ताका लागि आवेदन दिएका छन् । ७५ करोड ३२ लाख ४८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको ३१ लाख ६० हजार १८३ कित्तालाई आधार मान्दा २.३८ गुणा बढी आवेदन हो । 

लगानीकर्ताले यो सेयरमा साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्ता देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ ।
एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको हो । जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको राष्ट्रिय विकासमा योगदान पुर्याउने यस कम्पनीको उद्देश्य रहेको छ । कम्पनीले मथिल्लो मैलुङ खोला हाइड्रोपावर (१४.३ मेगावट), स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन (२८.१ मेगावट), मध्य तमोर हाइड्रोपावर (५४ मेगावट) र हिमालयन पावर पार्टनर (२७ मेगावट), लगायतका परियोजनामा लगानी गरेको छ । 

यो पनि