जेठ ०४, २०८१, शुक्रबार
               

शेयर बजारमा भारी गिरावट

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आइतबार ४२ अंकले झरेको छ । ४२. ७३ अंकले झरेको नेप्से १ हजार ३ सय ९६ अंकमा कायम भएको छ । आइतबार सबै समूहका उपसूचक घटेकाे हो।

यस दिन कारोबार भने उल्लेख्य बढेको छ । आइतबार १ अर्ब ८४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यस दिन सबै उपसमूहहरु घटेका छन्।

बैंकिङ ४१, व्यापार १६, होटल ७१, विकास बैंक ५४, जलविद्युत र फाइनान्स समान १४, निर्जीवन बीमा २३१, उत्पादन ६६, अन्य १२, माइक्रोफाइनान्स ७४, जीवन बीमा समूह २८३ अंकले ओर्लिएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी २२ करोड रुपैयाँको कारोबार भएको छ । सो कम्पनीको मूल्य पनि घटेर प्रतिकित्ता ५८६ रुपैयाँ कायम भएको छ । आइतबार १८९ कम्पनीका रु. १ अर्ब ८४ करोड मूल्य बराबरका शेयर किनबेच भएका छन्।


कस्तो लाग्यो ?

यो पनि