जेठ ०५, २०८१, शनिबार
               

फेरि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सुनको मूल्य तोलाम एक लाख रुपैयाँ नजिक पुगेको छ । 

अघिल्लो दिनको तुलनामा आज तीन सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्इ ९९ हजार तीन सय रुपैयाँ थियो ।

महासंघले आइतबारका लागि तेजाबी सुनको मूल्य भने ९९ हजार एक सय ६० रुपैयाँ तोकेको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा १२ सय ३० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको मागका कारण भाउ निरन्तर बढेको महासंघले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि