बैशाख २५, २०८१, मंगलबार
               

अजोड इन्स्योरेन्सको आइपिओ निष्कासन असार २५ गतेदेखि, सर्वसाधारणलाई कति सेयर ?

नेपाल फ्ल्यास
असार १७, २०७७

ADVERTISEMENT

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५  गतेदेखि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँको ३० लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये १ लाख २० हजार  कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार  कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारणलाई २७ लाख ३० हजार  कित्ता जारी हुने इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सको आइपिओमा असार २५ गतेदेखि छिटोमा २९ गतेसम्म र ढिलोमा साउन ८ गतेसम्म आवेदन दिन पाइने जनाइएको छ । जसमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने कम्पनिले जनाएको छ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

उक्त आइपीओलाई केयर नेपाल लिमिटेडले ग्रेड ४ रेटिङ दिएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष ७६/७७ को तेश्रो त्रैमाससम्म ३ करोड ५१ लाख खुद नाफा गर्न सफल भएको छ । आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास सम्म कम्पनीले २ करोड ६० लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।

७० करोड चुक्ता पुँजी भएको कम्पनीले तेश्रो त्रैमाससम्म १८ करोड ४९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २९ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो । यसरी खुद बीमा शुल्क आर्जन करिव दोब्बरले वृद्धि हुन सफल भएको छ।

यससँगै, नयाँ कम्पनीमध्ये अजोड इन्स्योरेन्स आइपीओ निस्काशन गर्ने पहिलो कम्पनी भएको छ ।

यो पनि