जेठ ०५, २०८१, शनिबार
               

२.८४ अंकले उकालो लाग्यो नेप्से

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २ दशमलव ८४ अंकले माथि उकालो लागेको छ । कारोबार भएको एक घण्टामा नेप्से परिसूचक शून्य दशमलव २० प्रतिशत बढेर १ हजार ४३४ दशमलव ३६ विन्दुमा पुगेको हो । 

ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १६ प्रतिशत बढेर ३०० दशमलव ९६ विन्दुमा पुगेको छ । उक्त अवधिसम्म १६४ ओटा कम्पनीको ५ हजार २२ पटकको व्यापारमा २९ करोड २९ लाख २१ हजार बराबरको शेयर कारोबार भएको छ ।

बिहीवार पनि कुल कारोबारको सबैभन्दा बढी हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । उक्त कम्पनीको प्रतिकित्ता ५९९ मा  ११ करोड ११ लाख ६ हजार बराबरको शेयर कारोबार भएको हो ।

कारोबारमा आएका १२ ओटा समूहमध्ये एक घण्टाको कारोबार अवधिमा व्यापारिक समूहको शून्य दशमलव शून्य १ प्रतिशत, विकास बैंकको शून्य दशमलव १७ प्रतिशत र वित्त समूहको शून्य दशमलव शून्य ७ प्रतिशत परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ ।

उक्त अवधिसम्म सबैभन्दा बढी परिसूचक १ दशमलव ४४ प्रतिशतले होटल समूहको बढेको छ


कस्तो लाग्यो ?

यो पनि