जेठ ०६, २०८१, आइतबार
               

आज कति छ सुनको मूल्य ?

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । आज पनि सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो अहिलेसम्मकै महंगो मूल्य हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता भने सुनमा आकर्षित हुँदा भाउ बढेको बताइएको छ ।

नेपालमा पनि त्यसकै प्रभावले सुनको मूल्य दिनहुँ बढ्दो क्रममा गइरहेको छ । 

आज सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने स्थिर छ ।

चाँदीको मूल्य आज तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि