बैशाख २४, २०८१, सोमबार
               

बुधबार नेप्से सूचक २३.३६ अंकले घट्यो

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर बजार सूचक नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकम भने डेढ अर्बभन्दा बढी भएको छ । 

बुधबार कारोबारमा आएका १८७ कम्पनीमध्ये १३० वटा कम्पनीको शेयरमूल्य घट्दा नेप्से सूचक २३.३६ अंकले घटेर १ हजार ४३१.५२ बिन्दुमा झर्दा सेन्सेटिभ सूचक ५.१८ अंकले घटेर ३००.४९ विन्दुमा झरेको छ। 

१८७ वटा कम्पनीका ३८ लाख ३९ हजार कित्ता शेयर १ अर्ब ६८ करोड रुपैयाँमा खरिद बिक्री भएका छन्।

बुधबार कारोबारमा आएका १२ वटै उपसमूहको सूचक नकारात्मक हुँदा होटल उपसमूह सबैभन्दा ३.६४ प्रतिशतले घटेको छ।


कस्तो लाग्यो ?

यो पनि