जेठ ०५, २०८१, शनिबार
               

१५.९४ अंकले घट्यो नेप्से

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधवार एक घण्टाको कारोबारमा नेप्से परिसूचक १५ दशमलव ९४ अंक घटेर १ हजार ४३८ दशमलव ९५ विन्दुमा झरेको छ ।

१६८ ओटा कम्पनीको ५ हजार ६४ पटकको व्यापारमा  ३७ करोड ७४ लाख ९२ हजार बराबरको ७ लाख २२ हजार ८५१ कित्ता शेयर कारोबार भएको छ ।

उक्त अवधिसम्म सबैभन्दा बढी शेयर कारोबार नेपाल दुरसञ्चार कम्पनीको भएको छ । उक्त कम्पनीको प्रतिकित्ता  ६६९ मा  ८ करोड ५० लाख २५ हजार बराबरको शेयर कारोबार भएको हो ।

बुधवार एक घण्टा अवधिमा कारोबारमा आएका १२ ओटा समूहमध्ये वित्तको शून्य दशमलव २१ प्रतिशत र अन्य समूहको शून्य दशमलव शून्य ९ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको नेप्सेले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि