जेठ ०७, २०८१, सोमबार
               

सुनको मूल्य निरन्तर बढ्दो क्रममा

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्यले निरन्तर नयाँ कीर्तिमान राख्दै आएको छ । 

बुधबार सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैया कायम भएको छ, जुन हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । 

हिजो सुनको मूल्य ९८ हजार २०० रुपैयाँ रहेको थियो । मगंलबारसम्ममा सोही मूल्य नै सर्वाधिक थियो । 

यस्तै, आजका लागि तेजावी सुनको मूल्य ९८ हजार ६५ रुपैयाँ तोकिएको छ । 

महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा २०  रुपैयाँले घटेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १२२५ रुपैयाँ तोकिएको छ।


कस्तो लाग्यो ?

यो पनि