जेठ ०५, २०८१, शनिबार
               

शिखर इन्स्योरेन्सले ८७ हजार कित्ता शेयर लिलामी गर्ने

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली शेयर बजारमा शिखर इन्स्योरेन्स कम्पनीले शेयर लिलामी गर्नै भएको छ ।

कम्पनीले हकप्रदमा बिक्री नभएको ८७ हजार ४१२ कित्ता शेयर  लिलामी गर्न लागेको हो ।

यसअघि कम्पनीले  असार १४ गतेदेखि साउन ४ गतेसम्म १० बराबर ३ कित्ता शेयरको अनुपातमा एक सय रुपैयाँ अंकित दरका ३१ करोड ७१ लाख ९३ हजार रुपैयाँ बराबरको ३१ लाख ७१ हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो जसमा ८७ हजार ४१२ कित्ता शेयर बिक्री हुन नसकेपछि बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।

लिलामी शेयर खरिदको लागि न्यूनतम १०० रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले संस्थापक सेयरमा न्यूनतम ५० कित्तादेखि बढीमा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

खरिद गर्ने इच्छुकले साउन २१ गतेदेखि २८ गतेसम्म रहने छ ,बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको हो ।  

यस्तै लिलामी शेयरमा एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका विभिन्न शाखाहरु तथा ग्रीन डेभलपमेन्ट बैंक बाग्लुङ मार्फत आवेदन दिन सक्नेछन् ।

यो पनि