जेठ ०३, २०८१, बिहीबार
               

रिलायबल लाइफले शेयर जारी गर्ने

नेपाल फ्ल्यास
साउन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कार्यक्षेत्र विस्तार गर्ने भएको छ ।

रिलायबलको दोस्रो वार्षिक साधारणसभाले कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पारित गरेको हो । साधारणसभाले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ भने आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणहरू स्वीकृत गरेको छ ।

रिलायबल लाइफले २०७४ भदौ ३ गतेदेखि जीवन वीमा सम्बन्धी कारोबार सुरु गरेको थियो । उसले १७ प्रकारका वीमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले गएको आर्थिक वर्षमा एक अर्ब ६० करोड रुपैयाँ वीमा शुल्क संकलन गरेको छ । उसका देशभरमा ८२ वटा आउटलेट सञ्चालनमा छन् ।  


 

 


कस्तो लाग्यो ?

यो पनि