काठमाडौं । सुनको मूल्य निरन्तर बढ्दो क्रममा आज (मंगलबार) नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ ।
यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा कारोबार भएका छ ।
चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।
सोमबार चाँदी १२१० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।