जेठ ०२, २०८१, बुधबार
               

७० प्रतिशतसम्म सेयर धितो राखेर ऋण दिन राष्ट्र बैंककाे निर्देशन

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

काठमाडौं ।  राष्ट्र बैंकले ७० प्रतिशतसम्म  सेयर धितो राखेर ऋण दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । 

सोमबार चालू आर्थिक वर्षको मौद्रिक नीतिमा भएको व्यवस्थाबमोजिम नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

प्रवाह हुने कर्जाको हकमा सुरक्षणबापत राखिने सेयरको मूल्यांकन गर्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १२० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो रकमको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यो पनि