जेठ ०२, २०८१, बुधबार
               

नेप्सेमा सामान्य गिरावट

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

काठमाडौ । सोमबार अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से साताको दोस्रो कारोवार दिन घटेको छ । नेप्से आज दुई दसमलव ६२ अंकले घटेर १४ सय ६२ दसमलव ६८ बिन्दुमा झरेको छ भने सेन्सिटिभ पनि शुन्य दसमलव २२ अंकले घटेर तीन सय सात दसमलव ३१ बिन्दुमा झरेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचक बढेर आठ वटा समुहको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव २५ अंकले घटेर १२ सय ६१ दसमलव ९८ बिन्दुमा झर्दा जलविद्युत समुहको सुचक पनि दुई दसमलव ५९ अंकले घटेर नौ सय ६७ दसमलव ३६ बिन्दुमा झरेको छ ।

रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १३ सय ७७ रुपैयाँ अन्तिम मुल्यमा १७ रकोड ४४ लाख १९ हजार नौ सय ४७ रुपैयाँको कारोवार भएको छ । 


कस्तो लाग्यो ?

यो पनि