जेठ ०२, २०८१, बुधबार
               

फेरि बढ्यो सुनको भाउ

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । सुनको मूल्यले आज सोमबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।

आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६० कायम भएको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ५५ रुपैयाँ बढेर १ हजार २१० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।


कस्तो लाग्यो ?

यो पनि