जेठ ०२, २०८१, बुधबार
               

श्रीराम सुगर मिल बन्दको घोषणा, कार्मचारीको तलब चलअचल सम्पत्ति बेचेर भुक्तान गर्ने

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । रौतहटको गरुडाको श्रीराम सुगर मिल बन्द हुने भएको छ ।

गोल्छा समूहले सूचना जारी गर्दै महृमदपुर गरुडामा रहेको मिल बाध्यात्मक परिस्थितिका कारण स्थायीरुपमा बन्द हुने जनाएको छ

झण्डै दुई दशकअघि रौतहटको मध्यबजारमा स्थापना भएको उद्योग बन्द भएको हो ।

विविध कारणले किसानको उँखुको रकमसमेत भुक्तानी गर्न नसकेको भन्दै मिलले वार्षिक करोडौं रुपैयाँ नोक्सानी बेहोर्नु परेको सूचनामा उल्लेख गरिएको छ ।

मिल स्थापना भएको केही वर्षसम्म मुनाफामा चलेको भए पनि पछिल्लो समयमा किसानलाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको थियो ।

पछिल्लो आवसम्म  मिलले  २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३७६ रुपैयाँ बेहोरेको बताइएको छ । 

यस आर्थिक वर्षमा मिलले १३ दिन मात्रै उखु क्रसिंङ्ग गरेको थियो । मिलले यस वर्ष कार्यरत कर्मचारीको चार महिना देखिको तलब तथा संचयकोषको रकमसमेत दिन नसकेको मिलले जनाएको छ । 

नगदे बालीको रुपमा रहेको उँखु उधारोमा किन्ने गरेको मिलले किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बताइएको छ । यसका अलवा अवकाश प्राप्त कर्मचारीहरुको ७० लाखभन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको बताइएको छ । 

आजबाट बन्द हुने घोषणा गरेको सो मिलले तिर्नुपर्ने कर्मचारीका सबै किसिमका तलब भता क्रमशः भुक्तानी गर्दै जाने जनाएको छ ।

त्यसैगरी उँखु किसानहरुको बाँकी रकम भुक्तानीका लागि मिलको चलअचल सम्पत्ति बिक्री गर्न नेपाल सरकारसँग आवश्यक अनुमतिको प्रक्रिया सुरु गरेको बतायो । 


कस्तो लाग्यो ?

यो पनि