जेठ ०२, २०८१, बुधबार
               

फेरि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो केही दिनदेखि सुनको मूल्य लगातार बढ्दै गएको छ । 

आज (आइतबार) सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले बढेको हो । 

महासंघले शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८०० कायम गरेको थियो । 

यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार ८६० रुपैयाँ कायम भएको छ । 

यस्तै चाँदीको मूल्य ११५५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको महासंघले जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि