जेठ ०२, २०८१, बुधबार
               

एकल महिलालाई सोलार वितरण

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

जाजरकोट । गरिब, विपन्न तथा समस्यमा परेका एकल महिलालाई नलगाड नगरपालिकाले सोलार वितरण गरेको छ । तेह्र वडाका २६ महिलालाई सोलार वितरण गरिएको छ । सबै वडाका दुई–दुई जनालाई ८० वाटको सोलार वितरण गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए ।  

एकल महिलासँग उपप्रमुख कर्यक्रम अन्तर्गत सोलार वितरण गरिएको नगर प्रवक्ता राममाया हमालले बताइन् । एकल महिलाले अर्थाभावमा छोराछोरी पढाउन सल्लीको दियालो प्रयोग गर्ने अवस्थालाई अन्त्य गर्न विपन्नलाई सोलार वितरण गरेको उनले जानकारी दिए ।

प्रत्येक वडामा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षको सहभागितामा सोलार वितरण गरिएको हो । अधिकांश गरिब परिवारमा अझै पनि सल्लीको दियालो भर पर्नुपर्ने अवस्था रहेको छ । आर्थिकरूपमा पछि परेका एकल महिलालाई छोराछोरीको पढाइ, पालनपोषणमा तथा आधारभूत आवश्यकता पूरा गर्न समस्या परिरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि