जेठ ०३, २०८१, बिहीबार
               

स्तन क्यान्सर पीडित दिलमायालाई विदेशबाट सहयोग

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

पोर्चुगल । पोर्चुगलका नेपाली समुदायले स्तन क्यान्सरबाट पीडित सिन्धुलीको कमलामाई नगरपालिका–१० की दिलमाया दर्लामी मगरलाई चार लाख १५ हजार रुपैयाँ सहयोग गरेका छन् । विगत पाँच वर्षदेखि क्यान्सरबाट ग्रसित उनी भक्तपुरमा आफन्तको घरमा बसेर उपचार गरिरहेकी छन् । 

पोर्चुगलका लागि नेपाली वाणिज्यदूत राजेन्द्रकुमार खेतानले उपचाररत मगरलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।  पीडितको उपचारका लागि वाणिज्यदूत खेतान स्वयंले पनि २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
 
विगत  सात वर्षदेखि पोर्चुगल बस्दै आएका युवा दिनेश भण्डारीको  अगुवाइमा आर्थिक सहयोग गरिएको हो । पीडित मगरलाई उपचारको लागि १५ लाख रुपैयाँ चाहिने अस्पतालले जनाएपछि पीडितको अनुरोधमा उक्त रकम संकलन गरिएको थियो । स्वस्फूर्तरूपमा सहयोग गर्ने पोर्चुगलवासी गैर आवासीय मनकारी नेपालीलाई पीडित परिवारको तर्फबाट धन्यवाद दिइएको छ ।


कस्तो लाग्यो ?

यो पनि