जेठ ०७, २०८१, सोमबार
               

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव स्थगितप्रति ढकालको असन्तुष्टि

नेपाल फ्ल्यास
साउन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पदका उमेदवार चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित गरेकामा असन्तुष्टि जनाएका छन् । 

ढकालले शुक्रबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी निर्वाचन स्थगितप्रति असन्तुष्टि जनाएका हुन् । 

 साथै, उनले महासंघको निर्वाचन सार्ने निर्णय गलत भएको पनि बताएका छन् । 

उनले निर्वाचन सार्ने निर्णय कार्यसमिति बैठकले गर्नुपर्नेमा पदाधिकारी बैठकले नै निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । 

साथै, उनले यो कानुनविपरीत भएको पनि बताएका छन् । उनले भने ‘कार्यसमितिले चुनाव सार्ने निर्णय गर्नुपर्नेमा पदाधिकारीले गरेको छ, यो ठीक भएन । मलाई कखुरा खायो भन्दा पनि स्याल पल्कियो भन्ने डर भयो ।’

ढकालले आफूले निर्वाचनको विषयमा सरकारलाई पत्र पठाएर अनुरोध गरेको, तर, सोको जवाफ नआउँदै पदाधिकारी बैठकले स्थगित भएको निर्णय गर्नु गलत भएको  उनको भनाइ थियो।

उनले भने, ‘सरकारले छुट दिन्थ्यो होला वा रोक लगाउथ्यो होला, तर चिठीको जवाफ आउनुभन्दा पहिले नै हतार हतार निर्णय गरियो ।’

यो पनि