जेठ ०७, २०८१, सोमबार
               

सुनको भाउ फेरि बढ्यो

नेपाल फ्ल्यास
साउन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं ।  सुनको मूल्य एक लाख पुग्न लागेको छ ।  तीन दिनदेखि लगातार बढेको सुन आज फेरि १३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला १३ सय रुपैयाँले बढेको छ ।

योसँगै नेपालमा सुनको मूल्य अहिलेसम्मकै धेरै प्रति तोला ९५ हजार ८ सय पुगेको छ ।

यस अघि हिजो प्रति तोला ९४ हजार ५ सयमा कारोबार भएको थियो । 

त्यस्तै तेजावी सुनको मूल्य प्रति तोला ९५ हजार ३६५ पुगेको छ ।

चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रति तोला ५ रुपैयाँले बढेर ११५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि