बैशाख २२, २०८१, शनिबार
               

कति छ आज विदेशी मुद्राको भाउ ?

नेपाल फ्ल्यास
साउन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९२ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ २७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५४ पैसा रहेको भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ ।  

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि