जेठ ०७, २०८१, सोमबार
               

फेरि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
साउन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  ५०० रुपैयाँले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६५ निर्धारण गरेको छ । 

बुधबार एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको थियो । 

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला  ९३ हजार ५६० तोकिएको थियो । 

यस्तै चाँदीको मूल्यपनि प्रतितोला १० रुपैयाँले वृद्धि भएर एक हजार १४५ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि