जेठ ०७, २०८१, सोमबार
               

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार  सुनको मूल्यले नँया रकेर्ड कायम गरेको छ ।

आज सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेर हालसम्मको नयाँ विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि सुनको मूल्य प्रतितोला ९४ हजार पुगेको छ, जुन हालसम्म कै उच्च हो ।

यसअघि सुनको उच्च विन्दु प्रतितोला ९२ हजार ७०० रुपैयाँ रहेको थियो ।

यस्तै, आजका लागि तेजावी सुनको मूल्य ९३ हजार ५६० तोकिएको छ ।

आज चाँदीको मुमूल्य पनि उलेख्य मात्रामा बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १०४० रहेको थियो ।

तर, आज प्रतितोला ११३५ रुपैयाँ पुगेको महासंघको भनाइ छ । चाँदीको मूल्य पनि हालसम्म कै महंगो हो ।

नेपाली बजारमा सुनको मूल्य यति हुदाँ अन्तरराष्ट्रिय बजारमा सुनको मुल्य प्रतिऔंश (२.६६ तोला) १८५६ डलर रहेको छ ।

यो पनि