जेठ ०६, २०८१, आइतबार
               

बर्षात् र बाढीका कारण दुई सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध

नेपाल फ्ल्यास
साउन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । लगातारको वर्षात् र त्यसपछि आएको बाढीका कारण देशभरमा दुई सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभरका केही विद्युत् गृहमा उत्पादन रोकिएको जानकारी दिए ।

बाढीले दार्चुलालगायतका आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको हो । कार्यकारी निर्देशक घिसिङले नेपाल फ्ल्याससँग भने- 'आयोजनामा क्षति पुगेको होइन । तर सावधानीका लागि उत्पादन रोकेर होल्डमा राख्नु परेको हो ।'

घिसिङका अनुसार विद्युत् उत्पादन घटे पनि मागअनुसार विद्युत् आपूर्तिमा समस्या छैन । यति बेला कुलेखानीमा पानीको सतह ६ मिटर बढेको छ । बढ्ने क्रम अझै जारी छ । कुलेखानी भरिन अझै १५ मिटर जति बाँकी नै छ ।

उता रसुवास्थित भोटेकोसी नदीमा बाढी आउँदा रसुवागढी जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ । गोसाईंकुण्ड गाउँपालिका २ स्थित टिमुरेमा निर्माणाधीन आयोजनामा बाढीले क्षति पुर्‍याएको हो । बाढीले त्यही सुक्खा बन्दरगाह निर्माणका लागि प्रयोग भइरहेका तीन वटा सवारीसाधनमा पनि क्षति पुर्‍याएको छ । बाढीले टिपर, एक्स्काभेटर र लोडरमा क्षति पुर्‍याएको हो ।

त्यसै गरी बाढी तथा पहिरीले कतिपय ठाउँमा बिजुलीको पोल ढलेको छ । कार्यकारी निर्देशक घिसिङले भने- 'पोल ढलेका कारण केही भागमा विद्युत् आपूर्ति हुन सकेको छैन । मौसमी अनुकूलताका आधारमा ढलेका पोल बनाउने काम हुनेछ ।'

तराईमा डुबानको कारण विद्युत् आपूर्तिमा अहिलेसम्म ठुलो समस्या आएको छैन । तर अझै केही दिन बर्सात भइरहे सब स्टेसनहरू प्रभावित हुने सक्नेछ । त्यस्तो अवस्था आएमा सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या केही दिन आउन सक्ने छ ।

यो पनि