जेठ ०७, २०८१, सोमबार
               

फेरि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
साउन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो (सोमबार) छापावाल सुन तोलाको ९२ हजार ३ सयमा रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ३९५ रुपैयाँले बढेर ९२ हजार २ सय ६० रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदी सोमबार तोलाको एक हजार रुपैयाँमा कारोबार भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि