जेठ ०७, २०८१, सोमबार
               

आर्थिक वर्ष २०७६/७७ मा चार खर्ब राजस्व संकलन

नेपाल फ्ल्यास
साउन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा झण्डै झण्डै चार खर्ब रुपैयाँ राजस्व आन्तरिक राजस्व विभागले संकलन गरेको छ ।  

यो अघिल्लो आवको तुलनामा ७ प्रतिशत बढी रहेको छ ।

विभागले आयकर, मूल्य अभिवृद्धिकर, अन्तशूल्क, शिक्षा सेवा शूल्कलगायत गरी कुल ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको हो ।
 
अघिल्लो  आव २०७५/७६ मा कुल ३ खर्ब ५८ अर्ब ४१ करोड रुपैयाँ संकलन गरेको थियो ।

विभागले अघिल्लो आवको तुलनामा २६ अर्ब बढी राजस्व संकलन गरेको हो ।

जसमध्ये आयकर वापत २ खर्ब १७ अर्ब २६ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर वापत ९८ अर्ब २२ करोड रुपैयाँ, अन्तशुल्क वापत ६४ अर्ब ७९ करोड रुपैयाँ संकलन भएको छ । साथै, शिक्षा कर र अन्य गरी ४ अर्ब ४ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

यसैगरी, विभागदद्धारा उपलब्ध तथ्यांक अनुसार एक वर्षमा ११ लाख ४७ हजार नयाँ करदाताले स्थायी लेखा नम्बर लिएका छन् । जसमध्ये १ लाख ९४ हजार व्यवसायिक करदाता र ९ लाख ५३ हजार व्यक्तिगत करदाताले स्थायी लेखा नम्बर लिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि