बैशाख २६, २०८१, बुधबार
               

आन्दोलनमा उत्रिने टिपर व्यवसायीको चेतावनी

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । टिपर व्यवसायीले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । 

घोराही सिमेन्ट उद्योगले गरेको सम्झौताअनुसार ढुवानी भाडा घटाएको भन्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् । 

उनीहरुले सिमेन्ट उद्योगले ढुवानीभाडा  भुक्तानी नगरेको आरोप समेत लगाएका छन् ।

पूर्वसहमतिअनुसार सिमेन्ट उद्योगले प्रतिटन ५ सय २५ दिनुपर्ने भए पनि अहिले उद्योगले जानकारी नै नगराएर मूल्य घटाएको उनीहरुको आरोप छ । 

सिमेन्ट उद्योगले जानकारी नै नदिएर असार १ गतेदेखि लागू हुने गरी प्रतिटनमा सय रुपैयाँ घटाएर ४ सय २५ रुपैयाँ दिन खोजेको बताएका छन् । 

पूर्वसहमतिअनुसार भाडा भुक्तानी नदिए टिपरर चलाउन नसकिने व्यवसायीले बताएका छन् । 

 घोराही सिमेन्ट उद्योगबाट चुनढुङ्गा ल्याउनका लागि २ सयभन्दा बढी टिप्पर चल्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि