काठमाडौं । बैङ्कका सबै शाखा कार्यालयले सहुलियत कर्जा अनिवार्य लगानी गर्नुपर्ने भएको छ ।
आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले सहुलियत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था बैङ्कका सबै शाखाले अनिवार्य लगानी गर्नुपर्ने भएको हो ।
आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै वाणिज्य बैङ्कको एउटा शाखाले कम्तीमा १० जनालाई सहुलियत कर्जा लगानी गर्नैपर्ने व्यवस्था गरेको छ ।
त्यसैगरी, विकास बैङ्कका शाखाले पनि कम्तीमा ५ जनालाई यस्तो सहुलियत कर्जा लगानी गर्नैपर्ने भएको छ ।