बैशाख १७, २०८१, सोमबार
               

अब बैंकमा राखेको पैसाको ब्याज ३ देखि ५ प्रतिशत मात्र पाइने, ऋणको ब्याज पनि कम तिरे हुने

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

अब बैंकमा राखेको पैसाको ब्याज ३ देखि ५ प्रतिशत मात्र पाइने भएको छ । बैंकहरूले लगानीयोग्य रकम (तरलता) अधिक भएको भन्दै धमाधम निक्षेपको ब्याज घटाउन थालेपछि सर्वसाधारण नागरिकले सबैभन्दा धेरै राख्ने गरेको बचत खाताको ब्याज घटेर ३ देखि ५ प्रतिशत मात्र दिने भएका हुन् ।

मूल्य बृद्धि ६ प्रतिशतभन्दा बढी छ । तर बैंकले दिने निक्षेपको ब्याजदर भने त्यसको आधामा आइपुगेको छ । यसले गर्दा बैंकमा राखेको पैसाको ब्याजले घर व्यवहार चलाउन मुस्किल पर्ने देखिएको छ । साउनदेखि सर्वसाधारण नागरिकले बैंकमा राखेको पैसाको कम ब्याज पाउने भएका हुन् ।

वाणिज्य बैंकहरूले सर्वसाधारण नागरिकले जम्मा गर्ने मुद्दती र बचत खाताकोे ब्याजदर घटाउने निर्णय गरेका छन् । ग्लोबल आइएमइ बैंकले बचतमा ३ देखि ५ प्रतिशत ब्याज दिने भएको छ । सर्वसाधारणको मुद्दतीको ब्याज दर ८.२५ बाट ७.७५ प्रतिशतमा झारेको छ ।

यसैगरी, एनसीसी बैंकको मुद्दतीतर्फको ब्याज व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागतरुपमा ६.५० प्रतिशत छ । त्यस्तै बचतमा न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशतसम्म ब्याज छ । हिमालयन बैंकले पनि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.७५ प्रतिशतदेखि २ वर्षे मुद्दति निक्षेपमा ८.२५ प्रतिशतसम्म र संस्थागतमा ७ प्रतिशत बनाएको छ ।

यस्तै बचतमा न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज बनाएको छ । प्रभु बैंकले पनि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत बनाएको छ । यस्तै बचतमा न्यूनतम १ र अधिकतम ५ प्रतिशत ब्याज रहेको छ । नेपाल एसबीआई बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.२५ र संस्थागततर्फ ६.५० प्रतिशत ब्याज बनाएको छ ।

निक्षेपको ब्याजदरसँगै ऋणको ब्याज पनि स्वतह घटने बैंकहरूले बताएका छन् । कोरोना भाइरसका कारण उद्योगी व्यवसायीलाई मर्का परेको गुनासो आएपछि ऋणको ब्याजदर घटाउन दबाब दिइँदै आएको थिए ।


कस्तो लाग्यो ?

यो पनि