बैशाख १७, २०८१, सोमबार
               

साउन ८ गतेबाट माउन्टेन इनर्जी नेपालको आइपीओ खुल्ने

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । माउन्टेन इनर्जी नेपालले साउन ८ गतेबाट आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले म्याग्दी र नुवाकोट जिल्लाको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १९ लाख ६८ हजार २७ लाख कित्ता सेयर बिक्री खुला गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितहरूका लागि आइपीओ बिक्री गर्नेछ । यसपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पनि १९ लाख ६८ हजार २७ लाख कित्ता नै आइपीओ निष्कासन गर्नेछ । 

यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापलटलले गर्नेछन् । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

यो आइपीओमा छिटोमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस्तै, त्यस अवधिमा बिक्री नभएमा भने भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । 


कस्तो लाग्यो ?

यो पनि