काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२० रुपैयाँ ५४ पैसा रहेको छ ।
साथै, राष्ट्र बैंकका अनुसार युरो एकको खरिददर १३७ रुपैयाँ १२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८० पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ १० पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १४ पैसा र बिक्रीदर २८ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ११ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको जनाइएको छ ।