जेठ ०७, २०८१, सोमबार
               

ग्लोबल आईएमई बैंकले घटायो ब्याजदर, साउनदेखि लागू गर्ने

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । ग्लोबल आईएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ।  साउन १ गतेदेखि लागू हुने गरी निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकद्धारा सार्वजनिक नयाँ ब्याजदरअनुसार साधारण बचतका सबै किसिमका  बचत खातामा ०.५ देखि १ प्रतिशतसम्म  ब्याजदर घटाएको भने मुद्दती खातातर्फ पनि व्यक्ति गत र संस्थागत दुवैतर्फको ब्याजदर ०.५ प्रतिशत घटाएको छ ।

बैंकले गत चैत महिनामा ब्याजदर प्रकाशित गर्दा ३ महिने मुद्दती निक्षेपमा संस्थागत तर्फ ७ प्रतिशत र सोभन्दा माथि ७.१० प्रतिशत र व्यक्तिगत तर्फ ८.२५ प्रतिशत ब्याज दिने उल्लेख गरेको थियो ।

तर साउनदेखि लागू हुने गरी बैंकले ३ महिने मुद्दती निक्षेपमा संस्थागततर्फ ६.५० प्रतिशत र सोभन्दा माथि ६.६० प्रतिशत र व्यक्तिगततर्फ ७.७५ प्रतिशत ब्याज दिने उल्लेख गरेको हो। बैंकले एनआरएन मुद्दतीको पनि चैतभन्दा ०.५ घटाएर ३ महिनाभन्दा माथिका मुद्दती खातामा ७.७५ प्रतिशत ब्याज दिने भएको छ।

 


कस्तो लाग्यो ?

यो पनि