जेठ ०७, २०८१, सोमबार
               

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । सुनको मूल्यमा बुधबार नयाँ रेकर्ड कायम भएको छ ।

प्रतितोला ६ सय रुपैयाँले बढेर सुन आज ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन मंगलबार ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार यो मूल्य हालसम्मकै उच्च हो ।

सुनको मुल्य अन्तराष्ट्रिय बजारमा पनि वृद्धि भएको भइरहेको जनाएको छ ।

तेजावी सुन आज तोलामा ९२ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्‍य पनि आज प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी १,००५ रुपैयाँमा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि