जेठ ०९, २०८१, बुधबार
               

पैसालाई सङ्क्रमणरहित बनाउन वित्तीय संस्थाको अटेर
गर्ला त राष्ट्र बैंकले अनुगमन

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

पैसाको माध्यमबाट कोरोना सङ्क्रमण सर्न सक्ने उच्च सम्भावना देखिएपछि सरकारले पैसालाई सङ्क्रमणरहित बनाउन वित्तीय संस्थालाई निर्देशन दिए पनि अटेर गरेका छन् ।

अर्थ मन्त्रालयले पैसालाई कीटाणुनाशक उपकरण प्रयोग गर्ने/गराउने निर्देशन नेपाल राष्ट्र बैंकमार्फत गरे पनि अधिकांश संस्थाले कार्यान्वयन गरेका छैनन् ।

केही महिनाअघि अर्थ मन्त्रालयले पैसालाई सङ्क्रमणरहित बनाउन कीटाणुनाशक उपकरण प्रयोग गर्न बैंक तथा वित्तीय संस्था, धितोपत्र बोर्ड, बीमा वा इन्सोरेन्स कम्पनीहरु, कम्पनी रजिष्टारको कार्यालयसँग सम्बन्धित सुपरमार्केट तथा नगदको अत्यधिक प्रयोग हुने सम्पूर्ण क्षेत्रमा अनिवार्य रुपमा पैसालाई संक्रमणरहित बनाउन कीटाणुनाशक उपकरण प्रयोग गर्ने गराउने निर्णय गरेको थियो ।

कोरोना भाइरसले विश्वव्यापी रुपमा प्रभाव जमाउँदै गएसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समेत कारोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ ।

पैसाको माध्यमबाट कोरोना भाइरस सङ्क्रमण सर्न सक्ने उच्च सम्भावना देखिएपछि सरकारले पैसालाई सङ्क्रमणरहित बनाउन कीटाणुनाशक उपकरण प्रयोग गर्ने/गराउने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकले पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाले पैसा जम्मा गर्दा तथा सतही भुक्तानी गर्दा अनिवार्य रुपमा पैसालाई सङ्क्रमणरहित बनाउने व्यवस्था मिलाउन पटक पटक निर्देशन दिँदै आएको छ ।

यस प्रकारको कार्यमा खर्च गरेमा संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत लेखापरीक्षण प्रतिवेदनमा खर्च देखाउन सकिने व्यवस्था छ । तर कोरोना भाइरस सङ्क्रमण व्यापक रुपमा फैलिरहेको अहिलेको अवस्थामा पैसाबाट सर्न सक्ने सङ्क्रमण रोक्न बैंक तथा वित्तीय संस्थाहरुले कीटाणुनाशक उपकरण प्रयोगलाई महत्व दिएका देखिदैनन्  ।

अनुुगमन गर्दै राष्ट्र बैंक
अमेरिका, दक्षिण कोरिया, सिङ्गापुर, चीन, भारत, जापान, अष्ट्रेलिया, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, बेलायत, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई) लगायत कतिपय मुलुकका बैंक तथा वित्तीय संस्थाले पैसामा हुने प्राणघातक ब्याक्टेरिया तथा भाइरसको कीटाणुनाशक बनाउने यस्ता उपकरण प्रयोगमा ल्याइसकेका छन् । 

सो मेसिनले कोरोना मात्र नभई जुनसुकै किटाणुलाई समेत नष्ट गरिदिन्छ । सरकारको निर्देशन पालना नगर्ने वित्ति संस्थाको अनुमगन गरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् ।

उनी भन्छन्, ‘वित्तीय संस्थाले ग्राहक तथा आफ्ना कर्मचारीको स्वास्थ सुरक्षको विषयमा पैसामा हुने प्राणघातक ब्याक्टेरिया तथा भाइरसको कीटाणुनाशक बनाउने यस्ता उपकरण प्रयोगमा ल्याएको, नल्याएका विषयमा अनुगमनज गर्नेछौँ, नराख्नेहरुलाई राख्न आग्रह गर्नेछौँ।’

यसरी आउँछ पैसामा ब्याक्ट्रिया
जति बढी पैसाको प्रयोग हुन्छ, उति नै बढी प्रदूषण फैलने र किटाणु बस्ने विज्ञहरु बताउँछन् । विभिन्न कारणबाट पैसामा ब्याक्टेरिया फैलावट हुने इञ्जिनियर राम बाँडे बताउँछन् ।

‘पैसाको जथाभावी कच्याककुचुक गरी राख्ने गरेमा अझ बढी व्याक्टेरिया भाइरस फैलने सम्भावना हुन्छ । दैनिक रुपमा पैसा एक हातबाट अर्को हात हुँदै अत्यधिक आदानप्रदान हुनु भनेकै एक व्यक्तिको रोग अर्को व्यक्तिमा सार्नु जस्तै हो’ इञ्जिनियर राम बाँडे भन्छन् ।

दैनिक रुपमा प्रयोगमा आएका पैसा मानिसको थुक, खोकी तथा हाच्छ्युँ आदिबाट समेत दूषित हुन्छ । नेपाली पैसाको प्रदूषणस्तर जाँच गर्दा प्रष्टै देखिने उनको भनाइ छ ।

तर, यस्तो ब्याक्टेरिया हुने पैसा शुद्धीकरणका लागि वित्तीय संस्थाले आवश्यक सावधानी नपनाउँदा कोरोना संक्रमण फैलने उनी बताउँछन् ।

‘बैंकमा स्यानिटाइजरलगायत सामग्री मात्र राखिएको हुन्छ, तर डेढ दुई लाख रुपैयाँमा पाइने पैसालाई सङ्क्रमणरहित, कीटाणुनाशक उपकरण राख्न भने ध्यान गएको देखिन्न,’ उनी भन्छन् ।


कस्तो लाग्यो ?

यो पनि