काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको खिदेशी विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ०१ पैसा र बिक्रीदर १२० रुपैयाँ ६१ पैसा रहेको छ भने युरो एकको खरिददर १३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा रहेको छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकले जनाए अनुसार पाउण्ड एकको खरिददर १५१ रुपैयाँ २५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १४ पैसा र बिक्रीदर २८ रुपैयाँ २८ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३३ रुपैयाँ १३ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।