जेठ ०७, २०८१, सोमबार
               

साेमबार साँझ साधना लघुवित्तको आईपीओ बाँडफाँट हुँदै

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । साधना लघुवित्त वित्तिय संस्थाको आईपीओ सोमबार बाँडफाँड गर्ने तयारी गरिएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटले आज साँझ ५ बजे लघुवित्तको आईपीओ बाँडफाँड गर्न लागेको हो ।

लघुवित्तको आईपीओको बाँडफाँडको प्रि अलोटमेन्ट आइतबार नै गरिएको थियो । क्यापिटलको जमल स्थित कार्यालयमा बाँडफाँट कार्यक्रम तय गरिएको छ ।

लघुवित्तले गत असार २१ गतेदेखि २४ गतेसम्म ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्काशन गरेको थियो ।

कुल आईपीओ मध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरूको लागि  लागि छुट्याएको छ ।

यस्तै ५ प्रतिशत अर्थात्  ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सेयरमा सर्वसाधारणले पाउनेछन् ।

प्रति आवेदक १० कित्ता आईपीओ पाउने प्रावधान छ, जसअनुसार साढे ४ लाख भन्दा बढी आवेदक मध्ये ६६ हजार १५२ जनाले मात्र यस लघुवित्तको शेयर पाउने छन् । अन्य आवेदन भने खाली हात नै हुनेछन् ।

यो आईपीओ बाँडफाड भएपछि लघुवित्तको हालको चुक्तापुँजी बढेर १४ करोड ७७ लाखबाट बढेर २१ करोड ७७ लाख पुग्नेछ ।
 


कस्तो लाग्यो ?

यो पनि