जेठ ०७, २०८१, सोमबार
               

फेरि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । सुनको मूल्य सोमबार प्रतितोला दुई सय रुपैयाँले बढेको छ ।

छापावाल सुन सोमबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य सोमबार २०५ रुपैयाँले बढेर ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला ९९० रुपैयाँमा किनबेच भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि