जेठ ०८, २०८१, मंगलबार
               

३३ किलो सुन प्रकरणका आरोपीलाई काठमाडौं ल्याइयो

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

काठमाडाैं । ३३ किलो सुन प्रकरणका आरोपीलाई यूएईबाट काठमाडौं ल्याइएको छ । 

इन्टरपोलले रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शनिबार काठमाडौं ल्याइएको हो ।

उनलाई काठमाडौं उत्रिएसँगै गौशाला प्रहरीको जिम्मा लगाइएको  बताइएको छ । 

उनी २०७५ सालमा यूएईमा समातिएका थिए । अन्तर्राष्ट्रिय प्रहरी संगठन ( इन्टरपोलले)   खड्कासहित अन्य  १२ जनालाई रेड नोटिस जारी भएको थियो ।

सुन व्यवसायीसँग साँठगाँठ गरी दुबईबाट नेपाल सुन पठाउने  गरेको खुलेको छ ।


कस्तो लाग्यो ?

यो पनि