बैशाख २४, २०८१, सोमबार
               

१० दिनमा फेरि बढ्यो पेट्रोलियम पदार्थकाे मूल्य

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा  एक/एक रुपैयाँका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । गत असार १६ गते तेलको मूल्य बढाएको निगमले पुन: प्रतिलिटर १- १ रुपैयाँले मूल्य बढाएको हो ।

नयाँ मूल्यानुसार अब पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ८८ रुपैयाँमा बिक्रीवितरण हुने छ । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए तापनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

वृद्धि भएको मूल्य आज राति १२ बजेदेखि लागू हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि