बैशाख २०, २०८१, बिहीबार
               

शनिबार पनि कारोबार गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक तथा वित्तीय संस्थाको शाखा खोली कारोबार गर्न निर्देशन दिएको छ । 

बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार नेपाल सरकारको राजश्व बुझ्ने प्रयोजनका लागि यही असार २७ गते र सो पछिका जुनसुकै सार्वजनिक बिदाका दिनमा समेत बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न निर्देशन दिइएको छ । 

राजश्व सङ्कलन गर्ने शाखा तथा काउण्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । 

चालु आव सकिन केही दिन बाँकी रहेकाले राजश्व जम्मा गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको शाखा अनिवार्य रुपमा खोल्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । 

यो पनि