जेठ ०७, २०८१, सोमबार
               

सिभिल मलका व्यवसायीले भाडा तिर्न नसकेपछि व्यवस्थापनलाई चाबी बुझाउँदै

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

लकडाउनमा व्यापार व्यवसाय हुन नसक्दा भाडा समेत तिर्न नसक्ने भन्दै सिभिल मलका व्यवसायीले मल व्यवस्थापनलाई तालाचाबी बुझाउने भएका छन् ।

मल सञ्चालकले व्यवसायीलाई ५० प्रतिशत भाडा असार २५ गतेभित्र बुझाउन भनेको थियो । तर, सो भाडा तिर्न व्यवसायीहरु सक्षम नभएकाले आफूहरुसँग भएको सम्पत्ति (पसल) नै व्यवस्थापनलार्ई जिम्मा लगाउन लागिएको  सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेले बताए ।

यद्यपि, सञ्चालकसँग भाडाको विषयमा सहमति गर्न अहिले पनि व्यवसायी छलफलमा छन् । यदि सो विषयमा सहमति नभएमा आजै १ बजे सबै व्यवसायीले सञ्चालकलाई तालाचाबी बुझाउने घिमिरेको भनाइ छ । 

घिमिरे भन्छन्, ‘अहिले घरमा के खाने भन्ने भएको बेला यति धेरै  रकम बुझाउन सकेनौँ र हामीसँग भएको सम्पत्ति यही पसल हो त्यसकारण पसल नै  जिम्मा लगाउन खोजेका हौँ । ’

मलमा एक लाखदेखि ८ लाखसम्म पसलका भाडा रहेको छ ।  मलमा १ सय ६० भन्दा बढी पसल छ । २५ गतेसम्म ५० प्रतिशत भाडा नबुझाए २५ प्रतिशत मात्र छुट दिने व्यवस्थापनले भनेको थियो । 


कस्तो लाग्यो ?

यो पनि