जेठ ०५, २०८१, शनिबार
               

१७ कम्पनीको आईपीओ आउदै

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

लकडाउनकाे कारण लामो समय बन्द रहेको सेयर बजार खुलेसँगै यतिबेला साधारण सेयर (आईपीओ) धमाधम जारी भइरहेको छ । 

हालसम्म २ वटाकाे आइपीओ जारी भइसकेकाे छ भने २५ गतेबाट अजोड इन्स्योरेन्सले आईपीओ बिक्री खुला गर्दैछ । यसपछि आईपीओ जारी गर्नका लागि १७ वटा कम्पनीहरु पाइपलाइनमै छन् । १७ वटा कम्पनीले आईपीओ जारी गर्न आवेदन दिइसकेकाे नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । 

बोर्डका अनुसार हिमालयन हाइड्रोपावरले २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न माग गर्दै बोर्डमा निवेदन दिएको छ । विन्धवासिनी हाइड्रोपावर कम्पनीले २५ लाख कित्ता साधारण सेयर जारी गर्न गत माघमा बोर्डसँग अनुमति माग गरिसकेकाे छ । 

यसैगरी चन्द्रागिरि हिल्सले पनि १८ लाख ४० हजार ९ सय १० कित्ता आईपीओ जारी गर्न बोर्डको अनुमतिको पर्खाइमा बसेको छ । 

त्यस्तै रिलायन्स लाइफ कम्पनीले ६३ लाख कित्ता साधारण सेयर जारी गर्न अनुमति माग गरेको छ । सानिमा जनरल इन्स्योरेन्सले ३० कित्ता आईपीओ जारी गर्न बोर्डको अनुमति पर्खेर बसेकाे छ । 

यसैगरी जनरल इन्स्योरेन्स कम्पनीले पनि ३० लाख कित्ता साधारण सेयर जारी गर्न अनुमतिको पर्खाइमा छ । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले १ करोड ५० लाख कित्ता, सीईडीबी हाइड्रोपावरले २५ लाख १८ हजार २ सय ३० कित्ता, तेह्रथुम पावर कम्पनीको १२ लाख कित्ता,  शुभम् पावर कम्पनीले ५ लाख ८० हजार ५ सय ८० कित्ता, इमर्जिङ नेपालले ५ लाख कित्ता, र समाज लघुवित्त वित्तीय संस्थाले ८६ हजार कित्ता आईपीओ जारीका लागि बोर्डमा अनुमति माग्दै निवेदन दिइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि