जेठ ०५, २०८१, शनिबार
               

तनहुँमा चार्जिङ स्टेसन निर्माण सुरु

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा चार्जिङ स्टेसन निर्माण सुरु भएको छ । विद्युतीय सवारी साधनको प्रवर्द्धन र पेट्रोलियम पदार्थको परनिर्भरता अन्त्य गर्ने उद्देश्यसहित डुम्रेमा चार्जिङ स्टेसन बनाउन लागिएको हो । 

सार्वजनिक निजी साझेदारीको आधारमा डुम्रेस्थित कुवेर आयल स्टोर्समा चार्जिङ स्टेसन निर्माण सुरु भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । चार्जिङ स्टेसनका लागि वन कार्यालयले रु पाँच लाख अनुदान सहयोग गरेको छ ।

वन तथा वातावरण मन्त्रालयको सशर्त अनुदानअन्तर्गत विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने र पेट्रोलियम पदार्थ खपत कम गर्दै वातावरणमा शुद्धता ल्याउने उद्देश्यसहित तनहुँमा पहिलोपटक सो निर्माण सुरु गरिएको हो ।

“काठमाडौं र पोखराको केन्द्रविन्दुमा चार्जिङ स्टेसन निर्माण हुने भएकाले यहाँ निर्माण हुने स्टेसनले धेरैलाई प्रत्यक्ष लाभ पुग्नेछ,” उनले भने, “यस चार्जिङ स्टेसनबाट साना तथा ठूला विद्युतीय सवारी साधन चार्ज गर्न सकिन्छ ।”

    स्टेसनको सम्पूर्ण व्यवस्थापन कुवेर आयल स्टोर्सले गर्नेछ । चार्जिङ स्टेसनका लागि अन्य आवश्यक व्यवस्थापन बन्दीपुर गाउँपालिकाले समेत गर्नेछ ।

सवारी साधनको आवागमन भइरहने मुख्य सहरभित्रका मूल सडक तथा राजमार्गसँग जोडिएका व्यापारिक भवन, सुपरमार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल तथा रेस्टुराको पार्किङस्थल चार्जिङ स्टेसनका लागि उपयुक्त हुने देखिएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि