काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
साथै, पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४७ पैसा रहेको बताइएको छ । राष्ट्र बैंकका अनुसार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यसैगरी कतारको रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।